सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जना मजदुरको मृत्यु
खार्तुम, ३१ भदौ : दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० जना सुनखानी मजदुरको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएको जनाइएको छ । मङ्गलबार पश्चिम कोर्डोफानको एल-नाहुद सहर नजिकैको…
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
ब्रसेल्स, ३१ भदौ : बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू)ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन…
भोटेकोशी बाढी : १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
नारायणगढ (चितवन), ३१ भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए…
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
नयाँदिल्ली, ३१ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत तीन हप्तादेखि चलिरहेको जातीय द्वन्द्वका कारण भएको पछिल्लो झडपमा दुई जना महिलाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । योसँगै यस…
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
काठमाडौँ, ३१ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय…
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
काठमाडौँ, ३१ भदौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार…
‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
काठमाडौँ, ३१ भदौ : सङ्घीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरु गरेको छ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरूपमा सो ‘प्लेटफर्म’ सुभारम्भ गर्नुभयो । सो…
कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने
चितवन, ३१ भदौ : कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ…
‘चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ’
काठमाडौँ, ३१ भदौ : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्वप्रसिद्ध…
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






