सिमकोटबाट देखिएको आकर्षक हिमाल

  ९ घण्टा अगाडि

हुम्ला, १७ कात्तिक : मौसम सफा भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका हिमालहरु हिमपातले सेताम्मे देखिएका छन् । दुई दिन लगातार हिमपातपछि मौसम सफा हुँदा ती हिमालहरु सेताम्मे देखिएका हुन । 

सिमकोट नजिकका पञ्चमुखी, रलिङ र बोक्सी हिमाल हिमपातपछि सेताम्मे देखिएपछि मौसम रमणीय देखिएको स्थानीय नन्द रावत बताउनुहुन्छ । यसले गर्दा सदरमुकामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरन्जन लिन र दृश्यवलोकन गर्न सहज भएको उहाँको भनाइ छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई यो दृश्यले लोभ्याउने गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया