स्थानीय चुनाव २०७९

भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै

 जेठ ०३, २०७९

चितवन, जेठ ३ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार…

डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय

 जेठ ०३, २०७९

डडेलधुरा, जेठ ३ : सातवटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार…

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ०३, २०७९

दमौली, जेठ ३ : तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी…

चौतारा नगरपालिकामा माओवादी केन्द्रका सापकोटा विजयी

 जेठ ०३, २०७९

सिन्धुपाल्चोक, जेठ ३ : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । उहाँका…

धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : दुईमा कांग्रेस, एमाले र जसपा एकरएकमा विजयी

 जेठ ०३, २०७९

जनकपुर, जेठ ३ : धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी…

काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ ।  प्रमुखमा नेकपा एमालेका केशव स्थापित  ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका…

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

 जेठ ०३, २०७९

वीरगञ्ज, जेठ ३ : मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ । जसअनुसार…

धादिङमा सात पालिकाको मतगणना सकियो

 जेठ ०३, २०७९

धादिङ, जेठ ३ : धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ । सात…

बैतडीका आठ तहमा मिश्रित परिणाम

 जेठ ०३, २०७९

बैतडी, जेठ ३ : बैतडीका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो ।…

दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुवैमा एमाले

 जेठ ०३, २०७९

खोटाङ, जेठ ३ : दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी हुनुभएको हो…