बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

  ११ घण्टा अगाडि

काठमाडौँ, ९ कात्तिक : बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको प्रभावले आगामी बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक १२ गते बिहीबारदेखि सुरु हुने वर्षा शनिबार बिहानसम्म कायम रहन सक्नेछ । त्यसपछि मौसममा सुधार आउने सम्भावना छ ।

उक्त मौसमी प्रणालीको प्रभाव हिमाली तथा पहाडी क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ । तराईका जिल्लामा पनि यसको प्रभाव देखिन सक्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा अधिकांश स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने केही स्थानमा भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया