तानसेनमा श्रेष्ठ र सिञ्जाली निर्वाचित

  जेठ ०३, २०७९

रामपुर (पाल्पा), जेठ ३ : पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)की प्रतीक्षा सिञ्जालीले ११ हजार १५१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी शशि श्रेष्ठले १० हजार ३७२ मत पाउनुभएको छ ।

कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया