सुर्खेतका तीन पालिकाको मत परिणाम घोषणा

  जेठ ०३, २०७९

कर्णाली, जेठ ३ : सुर्खेतका नौमध्ये तीन स्थानीय तहको निर्वाचन मत परिणाम घोषणा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पञ्चपुरी नगरपालिकाको प्रमुखरउपप्रमुख र बराहताल गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष पदमा नेपाली कांगे्रस तथा चिंगाड गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएका हुन् ।

पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांगे्रसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी निर्वाचित हुनुभएको छ । रेग्मी निवर्तमान उपप्रमुखसमेत हुनुहुन्छ । भण्डारीले पाँच हजार ९०९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा रेग्मीले छ हजार ९४ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैसीले पाँच हजार १६८ मत प्राप्त गर्नुभयो ।

बराहताल गाउँपालिकाको अध्यक्षमा कांगे्रसका भीम भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका घनश्याम पाण्डेलाई ७१८ मत अन्तरले पराजित गर्दै भण्डारी विजयी हुनुभएको हो । भण्डारीले चार हजार २७३ र पाण्डेले तीन हजार ५५५ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा कांग्रेसकै लक्ष्मी पुनमगर विजयी हुनुभएको छ । उहाँले चार हजार ३०१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी विष्टले तीन हजार ५९९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यी दुई पालिकाको मुख्य पदमा कांगे्रसले जीत हासिल गरेको थियो ।

सुर्खेतकै चिंगाड गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्ष पदमा कांगे्रसका डोरप्रसाद शर्मालाई ६१ अन्तरले पराजित गर्दै एमालेका बोधविक्रम जिसी विजयी भएको घोषणा गरेको हो । मत परिणामअनुसार जिसीले तीन हजार ५९१ र शर्माले तीन हजार ५३० मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा एमालेकै मीनाकुमारी रोकाया विजयी हुनुभएको छ । उहाँले तीन हजार ५८१ र निकटतम प्रतिद्वन्द्वी कांगे्रसकी मनमाया आचार्यले तीन हजार ४६९ मत प्राप्त गर्नुभयो । मनमाया निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ अध्यक्ष÷उपाध्यक्ष पदमा कांगे्रसले जीत हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया