स्थानीय चुनाव २०७९

मतदानका दिन १८ सञ्चारमाध्यमलाई आचारसंहिता अनुसारको कारबाही

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन…

मनाङबाट सुरु भयो मतगणना

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो । जिल्लामा चार गाउँपालिका…

डोकोबाटै भोट दिएर अस्ताए खड्का

 बैशाख ३०, २०७९

जाजरकोट, वैशाख ३० : जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर…

रुकुम(पूर्व) मा चार किरियापुत्रीद्वारा मतदान

 बैशाख ३०, २०७९

रुकुम(पूर्व), वैशाख ३० : रुकुम(पूर्व) जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुरास्थित एकै घरका चार जना किरियापुत्रीले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानमा गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरीकुमारी…

ललितपुर महानगरमा भोलि गणना हुने, अरू पालिकामा मतपेटिका आउन बाँकी

 बैशाख ३०, २०७९

ललितपुर, वैशाख ३० : जिल्लाका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो । ललितपुर…

पाँच किरियापुत्रीद्वारा मतदान

 बैशाख ३०, २०७९

लमजुङ, वैशाख ३० : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाँच किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको राइनास नगरपालिका–४ स्थित सौभाग्यदोय मावि रहेको (क) र (ख) मा गरेर दुई पुरुष र…

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना : जियोक

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना…

अध्यक्ष ओलीद्वारा मतदानमा भाग लिने मतदाताप्रति धन्यवाद ज्ञापन

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदाताहरुलाई धन्यवाद दिनुभएको छ…

१०९ वर्षीय वृद्धले गर्नुभयो मतदान

 बैशाख ३०, २०७९

म्याग्दी, वैशाख ३० : स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका १०९ वर्षीय मनबहादुर राम्जालीले कैलाश मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी…

इलाममा किरियापुत्री दाजुभाइद्वारा मतदान

 बैशाख ३०, २०७९

मङ्गलबारे, वैशाख ३० : इलाममा निर्वाचनको उत्साह मतदातामा उच्च रहेको पाइएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरियापुत्रीसमेत मतदानमा सहभागी भएका छन् । माईजोगमाई गाउँपालिका–१ मा बुबाको…