समाचार

पूर्वराष्ट्रपति बोल्सोनारोलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा नजरबन्दको आदेश

 साउन २१, २०८२

ब्रासिलिया, २० साउन : ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।…

‘भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण’

 साउन २१, २०८२

आवाजा (तुर्कमेनिस्तान), २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई…

बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा बानियाँ

 साउन २१, २०८२

बागमती, २० साउन : नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…

काउन्सिलको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण

 साउन २१, २०८२

काठमाडौँ, २० साउन :  विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।  नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागी परीक्षार्थीमध्ये ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन् ।…

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले…

नेप्से परिसूचक ४१ अङ्कले घट्यो

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको…

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

 साउन २१, २०८२

टेक्सस (अमेरिका), २० साउन : विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ…

सरकार कर बक्यौता असुली अभियानमा जुट्ने

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरूको…

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक

 साउन २१, २०८२

गण्डकी, २० साउन : दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्षे समयावधिको…

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

 साउन २१, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २० साउन : घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी…