फोटो फिचर

चौँरीको छुर्पी

 मंसिर ३०, २०७६

ताप्लेजुङ सदरमुकामस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको छुर्पी । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने छुर्पी प्रतिकिलो रु १२ सयमा बिक्री हुने कोशेली घरले जनाएको छ । तस्बिर…

झोला तथा पोशाक वितरण

 मंसिर ३०, २०७६

कुशे गाउँपालिका–१ ले अपाङगता, गरिब, टुहुरा तथा जोखिममा परेका ३६ जना बालबालिकालाई झोला तथा पोशाक वितरण गर्दै । तस्बिर : रासस

साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति

 मंसिर ३०, २०७६

धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको नवौँ दिन सोमबार हुने विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति अवलोकनका लागि महोत्सव मञ्चअगाडि लामबद्ध भई बसेका दर्शक । तस्बिर : रासस