साँखुस्थित बज्रयोगिनीको जात्रा शुरु (फाेटाे फिचर)

  बैशाख १४, २०७८

काठमाडाैं, बैशाख १४ : साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाइन्छ ।

जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहरमा ल्याइन्छ । स्थानीयका अनुसार शंखदेवको पालादेखि चलिआएको यो जात्रा लाई गुँ बिहारका नवौं पुस्ताका पुजारी जोगदेवले स्थापना गरिदिएको मणिशैल महावर्दान कथामा उल्लेख गरेएको पाइन्छ ।

तपाईको प्रतिक्रिया