हुलाकी सडक निर्माण कतै तीव्र कतै सुस्त (फोटो फिचर)

  बैशाख २१, २०७८

नवलपरासी, वैशाख २१ : लामो समयदेखि निर्माण अलमलमा परेको राष्ट्रिय गौरवका आयोजना मध्य नवलपरासी खण्डको हुलाकी सडकको निर्माणकार्यले अहिले कोरोना सङ्क्रमणको बीचमा पनि निर्माणकार्य सञ्चालनमा रहेको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १३ नारायण चोकदेखि जिल्ला सदरमुकाम परासी सम्मको १३ किलोमिटरको सडक खण्ड निर्माण शुरु भएको केही काम भएको भए पनि नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटरको सडक खण्डमा भने अहिले आएर काम शुरु भई संचालनमा रहेको छ ।

२०७३ फागुनदेखि निर्माण कार्य शुरु भई दई वर्षभित्र बनी सक्ने गरी निर्माणको ठेक्कामा गएको जिल्लाको सदरमुकाम परासीदेखि बर्दघाटको नारायण चोक सम्मको सडकखण्ड अहिलेसम्म पक्की बन्न सकेको छैन भने नारायण चोकदेखि त्रिवेणी रानीनगरको कम अहिले सुचारु रहेको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जीनियर शरद आचार्यले बताउनुभएको छ ।

बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीको रानीनगरसम्मको १५ किलोमिटरको लम्बाइमा हुलाकी सडक खण्डका २०७६ चैतदेखि काम शुरु गरी तीन वर्षभित्र निर्माणको काम सकिसक्ने गरी ठेक्कामा भएको भए पनि हुलाकी सडकको यो खण्डको सडक विस्तारको कामले निब्रता पाउन थालेको अवश्थामा कोरोना संक्रमणको बृढिले समस्या बढाएको इन्जीनियर आचार्यले बताउनुभयो ।

दोस्रो खण्डको बाटोमा सडकको दुबैतर्फ माटो भर्ने काम निब्रताले भई रहेकोे छ भने परासी खण्डको सडक निर्माणको कार्यका २०७३ फागुन देखी काम शुरु भई दुई वर्षभित्रमा बनाउने गरी ठेक्कामा गएको भए पनि सडक अहिलेसम्म कामले पूर्णता पाएको छैन । सदरमुकाम परासीदेखि वर्दघाटको नारायण चोकसम्मको सडक खण्डको निर्माणको ठेक्का कन्चनजंघा विरुवा शिवशक्ति जेभि कन्सट्रकसन कम्पनीले लिएको हो भने नारायण चोकदेखि त्रिवेणी रानीनगरसम्मको ठेक्काको जिम्मा बज्रगुरु महालक्षी जेभि निर्माण कम्पनीले ठेक्का पाएको छ ।

४७ करोड लागतको स्टीमेट गरीएको दोस्रो खण्डको हुलाकी सडक क्षेत्रमा ४२ वटा कल्वट र ७ वटा पुल निर्माण हुने बज्रगुरु महालक्षी जेभि निर्माण कम्पनीका इन्जीनियर प्रकाश कार्कीले बताउनुभयो । इन्जीनियर कार्कीका अनुसार निर्माणधीन यो सडक ७ मिटरको चौडाइमा पिच गरिने गरि जम्मा ११ मिटरको चौडाइको सडक निर्माणको काम भइरहेको छ ।

निर्माणधिन यो हुलाकी सडकको भटौलिया, जमुनिया, पटखौली, गोपीगंज, बेलाटारी, त्रिवेणी लगाएतका बजार क्षेत्रमा सडकसंगै दुबै तर्फ ढल निकासका लागि नाला समेत बनाईने छ भने अन्य स्थानमा साईड नाला बन्ने छैन । पश्चिम नवलपरासीमा निर्माणधीन अवश्थामा रहेको यो हुलाकी सडक अहिले त्रिवेणीको रानीनगरसम्म बन्ने भए पनि त्रिवेणीदेखि अगाडिको भागमा चितवन राष्ट्रिय निकुन्जको क्षेत्रमा पर्ने भागमा भने सडक निर्माणको विषय नै विवादमा छ ।

तपाईको प्रतिक्रिया