विशेष अधिवेशन अघि पीसीआर परीक्षण गराउँदै सांसद (फोटो फिचर)

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण थालिएको छ ।

बुधबार संसद सचिवालयले संसद बैठकमा सहभागी हुने सांसदहरूसँगै कर्मचारी र पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन गरेको हो ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार सभामुख अग्नि सापकोटा लगायतका सांसद, कर्मचारीका साथै पत्रकारले कोरोना परीक्षणका लागि स्वाब दिनुभएको छ ।

तपाईको प्रतिक्रिया