फोटो फिचर

मकै गोड्दै किसान

 बैशाख १९, २०८३

तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

सारस

 माघ ३०, २०८२

रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–३ स्थित सेमराकाे खेतमा आहाराको खोजी गर्दै सारस चराका बथान । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ। तस्बिर- रबिन्द्रप्रताप गुप्ता/रासस

आहारा खाँदै गिद्ध

 माघ २६, २०८२

मध्यविन्दु(नवलरासी), २४ माघः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-११ पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आहारा खादै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्बिरः…

झापामा केपी ओली

 माघ २५, २०८२

बिर्तामोड(झापा), २३ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार झापाको भद्रपुर विमानस्थलमा स्वागत गर्दै नेता तथा कार्यकर्ता। तस्बिर : राजकुमार ओली/रासस

सिंहदरबार परिसरमा सवारीसाधन

 माघ २०, २०८२

काठमाडौँ, १९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले सहयोग स्वरूप प्रदान गरेको सवारीसाधन सिंहदरबार परिसरमा राखिइएको अवस्था । तस्बिरः रत्न श्रेष्ठ/रासस

हिमशृङ्खला

 माघ १९, २०८२

मध्यनेपाल(लमजुङ), १७ माघ : लमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित भोर्लेटार बजारबाट शनिबार साँझपख देखिएको हिमशृङ्खलाको दृश्य। तस्बिर : देवेन्द्र गुरुङ/रासस

दार्चुलामा हिमपात

 माघ ११, २०८२

खलङ्गा (दार्चुला), १० माघः दार्चुलाको अपी हिमाल गाउँपालिका-४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः गणेशसिंह धामी/रासस

अध्यक्ष ओली-सम्बोधन

 माघ ११, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ललितपुरको पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी

 माघ ०९, २०८२

काठमाडाैँ, ७ माघ : नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले बुधबार सेना दिवसको अवसरमा काठमाडाैँस्थित जङ्गी अड्डा परिसरमा आयोजित 'नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी' काे अवलाेकन…

कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती

 माघ ०८, २०८२

काठमाडौँको कीर्तिपुरबाट बुधबार देखिएको काठमाडौँको घना बस्ती।तस्बिर : हरिराम भेटुवाल/रासस