चार लाख घुस लिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगीलाई चार लाख रुपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध…

ललितपुर महानगरमा स्मार्ट सडकबत्ती जडान शुरु

 साउन १३, २०७७

ललितपुर, साउन १३ : ललितपुर महानगरपालिकाका मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान थालिएको छ । महानगरपालिकाको स्थानीय गौरवको यो आयोजनाको प्रमुख चिरीबाबु महर्जनले मङ्गलबार कुपण्डोलस्थित नबिल बैङ्कअगाडि बत्तीको पोल राख्दै बत्ती जडान…

३५ हजार नेपालीको उद्धार

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।…

असन र महाबौद्धमा कोरोना

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक…

लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन…

सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ । सङ्घीय संसद्का महासचिव डा.…

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिकदेखि हुने…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

 साउन १३, २०७७

कास्की, साउन १३ : तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा…

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

 साउन १३, २०७७

लण्डन, साउन १३ : बेलायती सेनामा गोरखा सैनिकले पु-याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार…

सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

 साउन १३, २०७७

दैलेख, साउन १३ : कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि…