निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

 मंसिर ०३, २०७९

काठमाडौं, मंसिर ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा…

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

 मंसिर ०३, २०७९

सोलुखुम्बु, मङ्सिर ३ : सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय…

तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण

 मंसिर ०३, २०७९

तनहुँ, मङ्सिर ३ : तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण…

निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन निर्देशन

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनको मतदान…

ललितपुरमा मतदान केन्द्र तयारीको काम धमाधम

 मंसिर ०३, २०७९

ललितपुर, मङ्सिर ३ : भोलि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि ललितपुरमा मतदान केन्द्रको काम धमाधम भइरहेका छन् । अधिकांश केन्द्रको निर्माण काम सकिसकेकाे…

ओरेन्टल सहकारीले हिनामिना गर्‍यो बचतकर्ताको १० अर्ब ८३ करोड

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल…

तीन जनामा कोरोना संक्रमण, १५ कोरोनामुक्त

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ३२२  जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा…

काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका…

पुष्प र वर्षाको ‘नखरा कबुल’

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विकास राणाको स्वर समेटिएको छ । नारायण नेपालको शब्द रहेको गीतमा शशिविक्रम थापाको…

फिल्म ‘गोविन्दा नाम मेरा’को पोस्टर सार्वजनिक

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : भारतीय अभिनेता विक्की कौशल, नायिका कियारा आडवाणी र भूमि पेडनेकर अभिनित फिल्म 'गोविन्दा नाम मेरा'को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर 'डिज्नी हटस्टार'को इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक गरिएको…