पुष्प र वर्षाको ‘नखरा कबुल’

  मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विकास राणाको स्वर समेटिएको छ । नारायण नेपालको शब्द रहेको गीतमा शशिविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काले फिचर्ड गर्नुभएको छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया