तीन जनामा कोरोना संक्रमण, १५ कोरोनामुक्त

  मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ३२२  जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४३२ छ ।

तपाईको प्रतिक्रिया