फिल्म ‘गोविन्दा नाम मेरा’को पोस्टर सार्वजनिक

  मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : भारतीय अभिनेता विक्की कौशल, नायिका कियारा आडवाणी र भूमि पेडनेकर अभिनित फिल्म ‘गोविन्दा नाम मेरा’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर ‘डिज्नी हटस्टार’को इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा विक्कीले ‘गोविन्दा’ को भूमिका निर्वाह गरेका छन् । सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गदै विक्कीले लेख्नुभएको छ, ‘गोविन्द नाम मेरो, नाच्ने काम मेरो, आउँदैछु चाँडै, आफ्नो कहानी लिएर ।

करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई शशाङ्क खेतानले निर्देशन गर्नुभएको हो । यस्तै, फिल्म एक क्राइम सस्पेन्स थ्रिलर कथामा आधारित छ ।

तपाईको प्रतिक्रिया