गृहमन्त्रीसँग राउतको भेट
काठमाडौँ, मङ्सिर १५ : गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको…
दोलखामा मतगणना सुरू
काठमाडौँ, मङ्सिर १५ : दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको…
जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
मध्यविन्दु, मङ्सिर १५ :नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप…
कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो
सुर्खेत, मङ्सिर १५ : पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी…
कम्बोडिया व्यावसायिक सुन उत्पादनमा अग्रसर
नोम पेन्ह, मङ्सिर १५ : कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले…
टर्कीमा प्रशिक्षण विमान दुर्घटनामा दुईको मृत्यु
इस्तानबुल, मङ्सिर १५ : टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको इहलास समाचार एजेन्सीले जनाएको छ ।…
इलामको करफोक विद्यामन्दिर बिदा
फिक्कल, मङ्सिर १५ : इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका अधिकांश छात्रा बिरामी परेपछि विद्यालय बिदा गरिएको छ । कक्षा ८ देखि १२ सम्मका बहुसङ्ख्यक छात्रामा विगत चार…
गाइघाटमा पुल निर्माण गर्ने योजना
तनहुँ, मङ्सिर १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सांसद रामचन्द्र पौडेलले देवघाट गाउँपालिकाको गौरवको योजनाको रूपमा एक सय २६ मेगावाट विद्युत् परियोजना रहेको बताउनुभएको छ । जिल्लाको देवघाट गाउँपालिका…
भौतिक विकासमा साझेदारी सम्झौता बन्दै दुई नगरपालिका
सर्लाही, मङ्सिर १५ : सर्लाहीको बागमती र हरिवन नगरपालिकाबीच नगरका विकास निर्माण कार्यमा सहयोग गर्ने सम्झौता भएको छ । दुवै नगरपालिकाका नगरप्रमुखबीच नगरका विकास निर्माणका काममा साझेदारी गरी अगाडि बढ्ने…
चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, मङ्सिर १५ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति…






