गृहमन्त्रीसँग राउतको भेट

  मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिनुभएको थियो । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको मन्त्री खाणको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया