अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा १०० सांसदलाई माफीको घोषणा

 भदौ १६, २०७७

काराकास, भदौ १६ : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ…

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

 भदौ १६, २०७७

नयाँदिल्ली, भदौ १६ : भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको…

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि

 भदौ १६, २०७७

नयाँ दिल्ली, भदौ १६ : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि…

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

 भदौ १६, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १६ : विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म…

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

 भदौ १६, २०७७

वासिङ्टन, भदौ १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले…

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

 भदौ १६, २०७७

लण्डन, भदौ १६ : नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस…

सुडानी विद्रोही समूह शान्ति सम्झौताका लागि सहमत : सरकार

 भदौ १५, २०७७

खार्तूम, भदौ १५ : सुडानको मुख्य विद्रोही गठबन्धनले १७ वर्ष लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले सरकारसँग शान्ति सम्झौता गर्न सहमति जनाएको छ । सुडानको राज्य सञ्चालित समाचार एजेन्सी सुनाले सोमबार…

जापानको इतिहासमा आबे सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प

 भदौ १५, २०७७

वासिङ्टन, भदौ १५ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा…

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

 भदौ १५, २०७७

इस्तानबुल, भदौ १५ : आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ । आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग…

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत…