अन्तर्राष्ट्रिय

प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहार ह्वाइट हाउस चिन्तित

 साउन २४, २०८१

वासिङ्टन (डीसी), २४ साउन : इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । संक्षिप्त पत्रकार भेटका क्रममा बोल्दै…

स्वास्थ्य विशेषज्ञहरूद्वारा ओलम्पिकलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह

 साउन २३, २०८१

पेरिस, २३ साउन : दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टसवास’…

‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

 साउन २३, २०८१

ढाका, २३ साउन : बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन…

सिनवार हमास समूहको प्रमुख नियुक्त

 साउन २३, २०८१

जेरुसेलम, २३ साउन : गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने…

पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

 साउन २३, २०८१

पेरिस, २३ साउन : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन,…

मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’

 साउन २२, २०८१

ढाका, २२ साउन : नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् । ‘गरिबहरूमा…

सबै पक्षलाई शान्ति र संयमता अपनाउन राष्ट्रसङ्घ महासचिवको आग्रह

 साउन २२, २०८१

न्यूयोर्क, २२ साउन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरू प्रति शोक व्यक्त गर्नुभएको छ ।   महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति…

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

 साउन २२, २०८१

ढाका, २२ साउन : बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु…

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो

 साउन २२, २०८१

क्वालालम्पुर, २२ साउन : हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ । अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको…

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

 साउन २२, २०८१

ढाका, २२ साउन : बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् । “हामीलाई जवाफ चाहिन्छ”,…