स्थानीय चुनाव २०७९
घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता
दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिनुभएको छ । घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ…
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सो…
पर्वतका सबै तहमा मतगणना सुरु
पर्वत, वैशाख ३१ : पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन् । पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा…
ललितपुरको महालक्ष्मी नगरमा मतगणना सुरु
ललितपुर, वैशाख ३१ : (ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ । राति…
सुर्खेतका स्थानीय तहमा मतगणना सुरु
कर्णाली, वैशाख ३१ : सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । प्रारम्भिक…
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा…
हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता
रसिमकोट, वैशाख ३१ : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का…
हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु
मकवानपुर, वैशाख ३१ : हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाल)ेका प्रमुख…
रसुवामा मत मतगणना
रसुवा, वैशाख ३१ : शुकबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिमाण आउन थालेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको मतगणना गएरातिदेखि सुरु भएको…
तनहुँको आठ तहमा मतगणना जारी
दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।बन्दी…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






