एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

  ८ घण्टा अगाडि

काठमाडौँ, १४ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

लगातारको वर्षाले कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान खेल्न योग्य नभएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयो । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

आजै अपराह्न ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच अर्को खेल हुने तालिका छ । तर, वर्षाका कारण उक्त खेल पनि प्रभावित हुने सम्भावना छ । गत कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया