गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजय, कसको मत कति  ?

  बैशाख ३१, २०७९

डडेल्धुरा, वैशाख ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ। पालिकामा कांग्रेसका इन्द्र कार्कीले ३ हजार १ सय ८४ मतले विजय भएका छन्। उनका निकट प्रतिद्वन्द्वी बिपी कांग्रेसका सुरेन्द्र मालीले १ हजार ६ सय ५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार ज्ञानु सेठी देउवाले ३ हजार १३ मत ल्याएर विजय भएकी छन्। उनका प्रतिद्वन्दी एमालेका इन्द्र महरले १ हजार ७ सय ३ मत ल्याए।

तपाईको प्रतिक्रिया