समाचार

सिंहदरबारभित्रका कर्मचारीको सरुवा

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४…

बजेट निर्माणको संरचना र कार्यशैलीमा रूपान्तरण जरूरी : प्रधानमन्त्री

 साउन १७, २०८०

काठमाडौं, १७ साउन : प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा…

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

 साउन १७, २०८०

कोलकाता (भारत), १७ साउन : “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ…

रुकुमपूर्वमा डेङ्गु पोजेटिभ

 साउन १७, २०८०

रुकुमपूर्व, १७ साउन : रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ…

सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१-०८२–२०८५-०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको…

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको…

दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै

 साउन १७, २०८०

घोराही, १७ साउन : दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात…

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद…

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

 साउन १७, २०८०

टक्सार (भोजपुर), १७ साउन : भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार…

विर्तामोडमा विषादी जाँच्ने प्रयोगशाला बन्द

 साउन १७, २०८०

झापा, १७ साउन : झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका…