कांग्रेसको महाधिवेशन केही दिन सर्ने

  २ घण्टा अगाडि


काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसको १५औं महाधिवेशन तालिका केही दिन सर्ने भएको छ । कांग्रेस १५औं महाधिवेशन असोज १६–१९ गतेका लागि तय भएको थियो ।

एक शीर्ष पदाधिकारीका अनुसार बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिहरूको समस्यालाई ध्यानमा राख्दै केही दिन सार्न लागिएको हो ।
कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद जारी छ ।

संस्थापन समूहले केही दिन मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने आगामी मंसिर २१(२३ गतेदेखि महाधिवेशनको तयारीमा जुटेको छ ।

तपाईको प्रतिक्रिया