समाचार

अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी : सेना

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कातिक : नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ ।…

घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला…

भूकम्पमा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार सुरु

 कार्तिक १८, २०८०

नेपालगञ्ज, १८ कात्तिक : गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ । भेरी अस्पतालमा…

जुम्लामा भूकम्पको धक्काले घरमा क्षति

 कार्तिक १८, २०८०

जुम्ला, १८ कात्तिक : पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पको धक्काले जुम्लामा समेत क्षति गरेको छ । यहाँको तातोपानी गाउँपालिका–४ निवासी हरिबहादुर खत्री र चन्दननाथ नगरपालिका–९ का स्थानीयवासी…

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति…

भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु…

घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको…

प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन कांग्रेसको अपील

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसले भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।…

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय

 कार्तिक १८, २०८०

कर्णाली, १८ कात्तिक : कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज…

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादी केन्द्रको अपिल

 कार्तिक १८, २०८०

काठमाडौँ, १८ कात्तिक : नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत…