समाचार
भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र…
भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने
जानकी (बाँके), १८ कात्तिक : बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ…
सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच/पाँच करोड सहायता उपलब्ध गराउने
काठमाडौँ, १८ कात्तिक : सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री…
भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा १३७ जनाको मृत्यु
कर्णाली, १८ कात्तिक : गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका…
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
नेपालगञ्ज, १८ कात्तिक : भूकम्पमा परी घाइते हुनुभएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । भूकम्पमा परी घाइते हुनुभएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई…
भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क
काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज…
पीडितको उद्धार, राहत र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ, १८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापनलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…
भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भन्नुभयो- सरकार तपाईंहरुको साथमा छ
रुकुम पश्चिम, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम…
भूकम्पले घर भत्काएका ठाउँमाबाहेक अन्य ठाउँमा विद्युत सुचारु
काठमाडौ, १८ कात्तिक : नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत्…
लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
तुलसीपुर (दाङ), १८ कात्तिक : लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३






