जुम्ला, १८ कात्तिक : पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पको धक्काले जुम्लामा समेत क्षति गरेको छ । यहाँको तातोपानी गाउँपालिका–४ निवासी हरिबहादुर खत्री र चन्दननाथ नगरपालिका–९ का स्थानीयवासी विष्णु महतको घरमा क्षति गरेको छ ।
भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो । सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानवीय क्षति हुनबाट बचेको स्थानीयवासी प्रेम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घरको पर्खाल भत्किनाका साथै केही भाग चर्किएको छ ।
भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन । जोखिमका हिसाबले घरमा बस्न सक्ने अवस्था नरहेको स्थानीयवासी खत्रीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भूकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको जानकारी दिनुभयो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको गरेको छ ।






