समाचार
प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौँ, २७ चैत : प्रतिनिधि सभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका…
भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु
महेन्द्रनगर (कञ्चनपुर), २७ चैत : सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर…
सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना : राष्ट्रपति
सुनसरी, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताउनुभएको छ । चतराधाममा मंगलबारदेखि सुरु…
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री
काठमाडौँ, २७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित नेपालस्थित…
राष्ट्रियसभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता
काठमाडौँ, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी…
गोदाम आगलागी घटना : नौ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ, २६ चैत : काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) आज भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज…
काठमाडौँ र पोखरालगायत मुख्य सहरमा वायु प्रदूषण उच्च
काठमाडौं, २६ चैत : मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।…
सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी
काठमाडौँ, २६ चैत : काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ । उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं…
६ प्रकारका सुरक्षण मुद्रण सरकारले मात्रै गर्नेगरी प्रतिवेदन पारित
काठमाडौँ, २६ चैत : प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि छ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७…
१० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो
काठमाडौँ, २६ चैत : भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






