प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

  चैत २७, २०८०

काठमाडौँ, २७ चैत : प्रतिनिधि सभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

आज सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया