जापानले नेपाललाई दियो १३२ रनको चुनौती

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई १३२ रनको चुनौती दिएको छ ।  सुरुमा ब्याटिङ गरेको जापानले…

करेन्ट लागेर मृत्यु

 असोज २४, २०८२

कञ्चनपुर, २४ असोज : कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट…

जापानविरुद्धको खेलमा नेपाले पहिला बलिङ गर्दै

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी…

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित दलका नेताहरू छलफलमा

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र…

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

 असोज २४, २०८२

भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्नुभएको छ । नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई ‘गहिरो रूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला…

मोरक्कोमा सुधारको माग गर्दै युवा आन्दोलन तीव्र, राजा मोहम्मद छैटौँ सम्बोधनका तयारीमा

 असोज २४, २०८२

मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । देशका प्रमुख सहरहरूमा जारी व्यापक प्रदर्शनहरूले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको…

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् । आगामी कात्तिक १ देखि ११…

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

 असोज २४, २०८२

 काठमाडौँ, २४ असोज : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असाेज २३ गतेको मन्त्रिपरिषद् बैठकका…

भारतले काबुल मिसनलाई पूर्ण दूतावासमा उन्नत गर्दै, तालिबानसँगको सम्बन्ध अझ गहिरिने सङ्केत

 असोज २४, २०८२

भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने सङ्केत गरेको छ । भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार नयाँदिल्लीमा…

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

 असोज २४, २०८२

झापा, २४ असोज : यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती…