एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

  १ घण्टा अगाडि

काठमाडौँ, १० असोज : नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जित्नुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उहाँले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभएको हो ।

सिंहको यो वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उहाँले ८० केजीतर्फ स्वर्णपदक जित्नुभएको थियो ।

उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया