अन्तर्राष्ट्रिय

रुसद्वारा जेलेन्स्कीलाई आपराधिक ‘वान्टेड’ सूचीमा समावेश

 बैशाख २२, २०८१

मस्को, २२ वैशाख : रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको शनिबार एक सरकारी डेटाबेसले देखाएको छ । अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई…

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशङ्कर

 बैशाख २२, २०८१

नयाँदिल्ली, २२ वैशाख : भारतका विदेशमन्त्री एस. जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले…

पक्षी अवलोकनले विद्यार्थीलाई कसरी कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?

 बैशाख २२, २०८१

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार गर्न खोज्नेहरूका लागि ‘पक्षी अवलोकन’ (बर्डवाचिङ) एउटा विकल्प हुन सक्छ । भर्खरै गरिएको एक अध्ययन अनुसार प्रकृतिमा आधारित अनुभव भएका…

आर्थिक स्वतन्त्रताका लागि अफगानी महिलाहरू व्यवसायमा संलग्न

 बैशाख २२, २०८१

काबुल, २२ वैशाख : अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबीच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् । अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनहरूको…

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैन : ब्लिङ्केन

 बैशाख २२, २०८१

वासिङ्टन, २२ वैशाख : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताउनुभएको छ । यद्यपि हमासको गाजा–आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उहाँले बताउनुभयो…

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

 बैशाख २२, २०८१

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले…

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

 बैशाख २२, २०८१

नयाँ दिल्ली, २२ वैशाख : भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ । सहभागिताको मात्रा…

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

 बैशाख २१, २०८१

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको…

मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

 बैशाख २१, २०८१

उलानबाटोर, २१ वैशाख : मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले शुक्रबार बताएको छ । गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर…

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति रोजगारीमा संलग्न

 बैशाख २१, २०८१

बेइजिङ, २१ वैशाख : चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कुल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी…