स्थानीय चुनाव २०७९
बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित
कञ्चनपुर, जेठ २ : बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टलाई एक हजार ८०२ मत अन्तरले पराजित गर्दै कांग्रेसका राना…
भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
दैलेख, जेठ २ : भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक…
चुरेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
सुदूरपश्चिम, जेठ २ : कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका चक्रबहादुर बोगटी तीन हजार ३०५ मत प्राप्त गरी अध्यक्षमा विजयी…
सल्यानको सिद्ध कुमाखमा नेपाली कांग्रेस विजयी
सल्यान, जेठ २ : सल्यानको सिद्ध कुमाख गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भरत गिरी विजयी हुनुभएको छ । उहाँले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका…
पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै
कास्की, जेठ २ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ । महानगरको वडा…
दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी
दाङ, जेठ २ : दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा शरद बुढाथोकीले तीन हजार ९८० मत प्राप्त गरी निर्वाचित हुनुभएको…
डोटीको बोगटान फुड्सिलमा माओवादी र कांग्रेस विजयी
डोटी, जेठ २ : डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का…
अजयमेरुमा पुनः भट्ट विजयी, उपाध्यक्षमा कांग्रेस
डडेल्धुरा, जेठ २ : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट विजयी हुनुभएको छ । भट्ट दोस्रो कार्याकालका लागि पुनः निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार भट्टले दुई…
मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग
काठमाडौँ, जेठ २ : स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ । मतपत्रमा ६४ लहरसम्मका निर्वाचन चिह्न…
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता
चितवन, जेठ २ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






