समाचार
भरतपुरबाट आठ जुवाडे पक्राउ
भरतपुर, असार २४ : जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो…
ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह
चिप्लेढुङ्गा, असार २४ : कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा…
छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बनेपा, असार २४ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल…
आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए
चितवन, असार २४ : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले…
पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज, चार जिल्ला कोरोनामुक्त
काठमाडौं, असार २३ : नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन्…
सङ्कट समाधानमा सरकार गम्भीर भएन : काँग्रेस महामन्त्री
काठमाडौं, असार २३ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताउनुभएको छ । सामाजिक लोकतन्त्रका…
हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने
काठमाडौं, असार २३ : हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य…
झुलाघाट नाका तीन दिनका लागि खुल्दै
बैतडी, असार २३ : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला…
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
गलेश्वर, असार २३ : गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड…
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
काठमाडौं, असार २३ : असार २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पर्ण…






