समाचार

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

 साउन २९, २०८३

काठमाडौँ, २९ साउन : नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं…

नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष

 साउन २९, २०८३

सुदूरपश्चिम, २९ साउन : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ । भट्ट विसं २०७९…

नवनियुक्त प्राज्ञहरूको कार्यविभाजन : राष्ट्रिय गजल दिवस मनाइने

 साउन २९, २०८३

काठमाडौँ, २९ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा भएको बैठकले विभागीय जिम्मेवारी तोकेको…

सेन्टकमले ‘फाल्कन स्ट्राइक’ बनाउने

 साउन २९, २०८३

फ्लोरिडा, २९ साउन : पश्चिम एसियामा द्वन्द्व र सुरक्षा तनाव बढिरहेका बेला अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिका र क्षेत्रीय साझेदारका मानवरहित प्रणालीलाई एकीकृत गर्दै पहिलो बहुराष्ट्रिय तथा बहुक्षेत्रीय आक्रमण…

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

 साउन २९, २०८३

काठमाडौँ, २९ साउन : सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

 साउन २९, २०८३

सुदूरपश्चिम, २९ साउन : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश…

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

 साउन २९, २०८३

नयाँदिल्ली, २९ साउन : भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार…

‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

 साउन २९, २०८३

सुदूरपश्चिम, २९ साउन : बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको…

सुनचाँदीको मूल्य घट्यो

 साउन २९, २०८३

काठमाडौँ, २९ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी…

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

 साउन २९, २०८३

रोल्पा, २९ साउन : रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी…