नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण
काठमाडौं, चैत २२ : नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो ।…
सुदूरपश्चिममा भेटिए तीनजना कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, चैत २२ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया…
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ
मेलम्ची, चैत २२ : बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका…
पनौतीमा ‘फुड बैंक’ स्थापना
काभ्रेपलाञ्चोक, चैत २२ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण…
२५ जनाको रिर्पोट नेगेटिभ
कोहलपुर, चैत २२ : कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएकामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँके जिल्लामा ३१ जनाको स्वाबको नमूना सङ्कलन गरी पठाइएको थियो । बाँकी छ…
कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ
राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा…
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ
चितवन, चैत २२ : भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब…
क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै
धादिङ, चैत २२ : विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ । एकसठ्ठी…
कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ
लहान, चैत २२ : सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका…
इंग्लिस क्रिकेट खेलाडीद्वारा ५ लाख पाउन्ड सहयोग
लन्डन, चैत २२ : इंग्ल्यान्डको केन्द्रीय अनुबन्धमा रहेका क्रिकेट खेलाडीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् । इंग्ल्यान्डको व्यवसायिक क्रिकेट खेलाडीको संघले आफ्नो तलब २५ प्रतिशत…






