इंग्लिस क्रिकेट खेलाडीद्वारा ५ लाख पाउन्ड सहयोग

  चैत २२, २०७६

लन्डन, चैत २२ : इंग्ल्यान्डको केन्द्रीय अनुबन्धमा रहेका क्रिकेट खेलाडीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् ।

इंग्ल्यान्डको व्यवसायिक क्रिकेट खेलाडीको संघले आफ्नो तलब २५ प्रतिशत कट्टा गरेर लिग पनि सहमति गरेका छन् ।

इंग्ल्यान्डको क्रिकेट सिजन मे २८ सम्म स्थगित गरिएको छ र यसक्रममा वेस्ट इन्डिज, पाकिस्तान र अष्ट्रेलियाको भ्रमण पनि अनिश्चित रहेको छ।

वान डे विश्वकप विजेता इग्लिस टिमका कप्तान इओन मोर्गनले यसअघि खेलाडीहरू आफ्नो तलब कट्टा गरेर लिन तयार भएको बताएका थिए।

तपाईको प्रतिक्रिया