विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेस प्रवेश

 असोज १०, २०७९

काठमाडौं, असोज १० : विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गर्नुभएको छ । सोमबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको छ ।…

मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिंग कमजोर

 असोज १०, २०७९

लण्डन, असोज १० : बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ । सोमबार…

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

 असोज १०, २०७९

लखनउ, असोज १० : लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना…

बङ्गलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० बढी बेपत्ता

 असोज १०, २०७९

ढाका, असोज १० : बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले…

हिमपहिरामा परेका चार जनाको उद्धार, दुईलाई उपचारका लागि काठमाडौँ पठाइयो

 असोज १०, २०७९

गोरखा, असोज १० : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं…

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट,…

सङ्गीतज्ञ रामहरि गुरुङको निधन

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु-याउनुभएको…

सुदूरपश्चिममा रैथाने धानको अनुसन्धान गरिँदै

 असोज १०, २०७९

दोधारा चाँदनी, असोज १० : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा…

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)…

किशोरमैत्री कथासंग्रह ‘तनुजा’ विमोचित

 असोज १०, २०७९

काठमाडौं, असोज १० : साहित्यकार डा जानुका पौडेल नेपालको किशोर मनोविज्ञानपरक कथाकृति ‘तनुजा’ को आज विमोचन गरिएको छ । साहित्यपोष्ट डटकमद्वारा आज आयोजित कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा ब्रतराज…