गायक प्रमोद पाण्डेको निधन

 असोज २०, २०७९

काठमाडौं, असोज २० : “जिन्दगीले कहाँ ल्याइ पुर्‍यायो.....” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक…

बस दुर्घटनामा अपडेट : १५ को सनाखत, एक जनाको हुन बाँकी

 असोज २०, २०७९

हेटौँडा, असोज २० : जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई…

म्याग्दीको खबरा गाउँभरि केरा खेती

 असोज २०, २०७९

म्याग्दी, असोज २० : म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन…

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

 असोज २०, २०७९

वाशिङ्गटन डिसी, असोज २० : अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै…

मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको बराबरी

 असोज २०, २०७९

काठमाडौं, असोज २० : अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १-१…

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

 असोज २०, २०७९

अबुजा, असोज २० : नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।…

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न प्रशासनको अनुरोध

 असोज २०, २०७९

मनाङ, असोज २० : मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन…

आँबुखैरेनीमा हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर

 असोज २०, २०७९

तनहुँ, असोज २० : जिल्लाको पुर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा हुन सक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ ।…

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

 असोज २०, २०७९

गलेश्वर, असोज २० : म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसँैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृ पक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि…

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

 असोज २०, २०७९

कञ्चनपुर,असोज २० : भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी…