गायक प्रमोद पाण्डेको निधन

  असोज २०, २०७९

काठमाडौं, असोज २० : “जिन्दगीले कहाँ ल्याइ पुर्‍यायो…..” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक पाण्डेको आज उहाँको निजी निवास काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रेडियो नेपालबाट गायन सुरु गर्नुभएका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ । मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया