प्रवास

लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

 कार्तिक १८, २०७९

लण्डन, कात्तिक १८ : लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली…

प्रवासी नेपाली मञ्चको अधिवेशन १९ र २० गते काठमाडौँमा

 कार्तिक १६, २०७९

काठमाडौँ, कातिक १६ : विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ ।…

टोकियोमा विदेशीहरूको झडपमा दुई नेपाली गम्भीर घाइते

 कार्तिक १४, २०७९

जापान, कात्तिक १४ : सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका छन् । तोशिमा वार्डको किता ओत्चुकामा…

इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट

 कार्तिक ०८, २०७९

तेहरान(इरान), कात्तिक ८ : इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा भएको…

नेपाली ‘ब्ल्यु हेल्मेट्स’ को प्रशंसा

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति स्थापना उद्देश्यमा नेपाली सुरक्षा फौजबाट भएको योगदान अविस्मरणीय रहेको देखिएको छ । राष्ट्र सङ्घका आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि निरन्तर खटिइ…

न्युयोर्कमा पनि दीपावलीको बिदा

 कार्तिक ०४, २०७९

न्युयोर्क, कात्तिक ४ : आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य…

युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न

 कार्तिक ०२, २०७९

बेल्जियम, असोज ३१ : युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम…

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

 असोज ३१, २०७९

न्यूयोर्क, असोज ३१ : अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार…

जापान क्यूशु क्षेत्रीय समितिमा अवस्थी

 असोज २९, २०७९

काठमाडौँ, असोज ३० : सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो…

गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन सङ्घको माग

 असोज २६, २०७९

काठमाडौँ, असोज २६ : काठमाडौँमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक,…