काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १ बजे काठमाडौँको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।
कोशी प्रदेशका ताप्लेजुङलगायत हिमाली तथा पहाडी जिल्लामा न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, कोशी प्रदेशका मोरङलगायत तराई क्षेत्रको न्यूनतम तापक्रम पनि १० देखि १२ डिग्री सेल्सियस रहेको छ ।
मधेस प्रदेशमा भने न्यूनतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।






