अन्तर्राष्ट्रिय

चिनियाँ उपभोक्ताले ‘एप्पल’ बहिष्कार गर्नसक्ने : चिनियाँ विदेश मन्त्रालय

 भदौ १२, २०७७

बेइजिङ, भदौ १२ : संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिनुभएको छ । प्रसिद्ध सामाजिक…

भारतमा एकैदिनमा ७७ हजार कोरोना संक्रमित

 भदौ १२, २०७७

नयाँदिल्ली, भदौ १२ : भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना…

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिना दिनुभएको छ । उहाँले स्वास्थ्य प्रतिकुलताको कारणले आफू राजिनामा दिएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “मेरो स्वास्थ्य प्रतिकुलताले निर्णय लिने प्रकृया…

‘पार्टीभित्र निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहन्छ’

 भदौ १२, २०७७

नयाँदिल्ली, भदौ १२ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किँदैगएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको…

कोभिड १९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले सम्झौता ग-यो

 भदौ १२, २०७७

निकोसिया, भदौ १२ : युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग…

अमेरिकी आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्प जाने

 भदौ १२, २०७७

वासिङ्टन, भदौ १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जानुहुने बताइएको छ । उहाँले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको…

जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारणले राजिनामा गर्नुहुनेभएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरूले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् । आबे लामो समयदेखि अलसेराइटिभ…

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो

 भदौ ११, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १० : विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…

पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि

 भदौ ११, २०७७

इस्लामाबाद, भदौ ११ : पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताउनुभएको छ । भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी…

नाभाल्नी मुद्दाको प्रारम्भिक ‘अनुसन्धान’ शुरू

 भदौ ११, २०७७

मस्को, भदौ ११ : रूसी प्रहरीले विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ । जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता…