बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन

  असार २३, २०७९

बाँके, असार २३ : बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बाल बालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन ।

जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका बताइएको छ ।

चालु शैक्षिकसत्रमा अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि सो कार्यालयले स्थाबीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन
बाँके, असार २३ : बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बाल बालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन ।

जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका बताइएको छ ।

चालु शैक्षिकसत्रमा अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि सो कार्यालयले स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी अभियानका लागि सबैको सहभागिता खोजेको पाइन्छ । “सरकारले विद्यालय भर्ना अभियानलाई लक्ष्यअनुरुप सफल बनाउन एकीकृत कार्यक्रम लागू गर्नुपर्छ”, इन्सेक संयोजक भोला महतले भन्नुभयो ।

जिल्लाका कतिपय परिवारका बालबालिकाले काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले पनि बीचमै विद्यालय छाड्ने गरेको जनाइएको छ । शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा विद्यालय जाने उमेरका करिब २२ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने शिक्षण सिकाइमा कम्तीमा ६० प्रतिशत उपलब्धि हासिल गर्नुपर्नेमा समेत यस जिल्ला ४० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।
नीय गैरसरकारी संस्थासँग समन्वय गरी अभियानका लागि सबैको सहभागिता खोजेको पाइन्छ । “सरकारले विद्यालय भर्ना अभियानलाई लक्ष्यअनुरुप सफल बनाउन एकीकृत कार्यक्रम लागू गर्नुपर्छ”, इन्सेक संयोजक भोला महतले भन्नुभयो ।

जिल्लाका कतिपय परिवारका बालबालिकाले काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले पनि बीचमै विद्यालय छाड्ने गरेको जनाइएको छ । शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा विद्यालय जाने उमेरका करिब २२ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने शिक्षण सिकाइमा कम्तीमा ६० प्रतिशत उपलब्धि हासिल गर्नुपर्नेमा समेत यस जिल्ला ४० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।

तपाईको प्रतिक्रिया