संस्थागत विद्यालय शिक्षक युनियनमा नयाँ नेतृत्व

  जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

निजी विद्यालयका शिक्षकहरुको सो संस्थाको यही जेठ १४ र १५ गते सम्पन्न महाधिवेशनले सहअध्यक्षमा मोतिराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशवकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणीप्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधीरकुमार झा निर्वाचित गरेको छ ।

यस्तै महासचिवमा भोलानाथ चालिसे, उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित हुनुभएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्यरूपमा मान्नुपर्ने निर्णय गरेको गर्दै संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुविधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया