महिलाद्वारा रथ तानेर मनाइँदै नानीचा याः

  असोज १५, २०८०

काठमाडौं, १५ असोज : आज येँया (इन्द्रजात्रा) को अन्तिम दिन महिलाबाट जीवित देव देवी गणेश भैरब तथा कुमारीको रथ तानेर मनाइरहेका छन् ।

पहिला जात्रामा पुरुषहरुले मात्र तानिने रथजात्रा पछिल्लो केही वर्षदेखि ३ दिनको १ दिन नानीचा याःको दिनमा महिलाले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा रथ तान्ने चलनको सुरुवात गरिएको हो । 

अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका बाट रथ पुनः वसन्तपुर ल्याइन्छ । त्यसै रात इन्द्रध्वज फहराइएको लिंगो ढालेर बागमतीमा सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुने गोरखापत्र अनलाइनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल इन्द्रजात्रामा

तपाईको प्रतिक्रिया