नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा

  माघ १३, २०७९

काठमाडौँ, माघ १३ : राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।

तपाईको प्रतिक्रिया